भारतीय गोर्खालाई राष्ट्रिय स्तरमा एकिकरण गर्ने अभियानको सूत्रपात गरे आधुनिक भारतको पृथ्वी नारायण शाह विनय तामाङ्गले
– ज्योति कुमार मुखिया
“गोर्खा जातिमा राष्ट्रिय एकिकरण हुनु आवश्यक छ” – विनय तामाङ, राष्ट्रिय सम्मेलन एंव राष्ट्रिय सेमिनार , गुवाहाटी, आसाम
आसामबाट सञ्चालित हुने वेब पोर्टलको चौथो स्थापना दिवसको समारोहमा बोल्दै गोर्खा जनमुक्ति मोर्चाका अध्यक्षले भारतीय गोर्खालाई राजनैतिक, सामाजिक अनि नेतृत्व स्तरमा एकिकरण हुने आव्हान सहित एकिकरण अभियानको सूत्रपात नै गरे। जसरी पृथ्वी नारायण शाहले नेपाली समुदायलाई एकीकृत गरेर संयुक्त नेपाल साम्राज्यको स्थापना गरे त्यसरी नै भारतीय गोर्खालाई राष्ट्रिय स्तरमा एकिकरण गर्ने अभियानको घोषणा गरे।
अब गोर्खा एकता मात्र होइन, भारतीय गोर्खा लाई चाहिएको हो गोर्खाको राष्ट्रिय एकिकरण। किन? विनय तामाङले भने, किन १.५ करोड भारतीय गोर्खा घटेर २९ लाख हुन्छन् ३ करोड वनिनु को साटो? गोर्खा जाति किन जात जातमा टुक्रिन्दैछ? उनले भने जब गोर्खा जातिको मुद्दा आउँछ तब जातिको मात्र होइन नेतृत्वको पनि एकीकरण हुनु पर्छ। अहिलेको मांग भारतमा हामी अल्पसंख्यक भए पनि जाति स्तरमा मात्र नभएर सामाजिक, राजनैतिक क्षेत्रमा पनि एक हुनु आवश्यक छ। हामी टुक्रिनुमा छिटो छौ तर जोडिनुमा ढिलो छौं।
उनले गोर्खाको चिन्हारी, अस्तित्व अनि अस्मिताको समस्याको जड भनेको नै भारत भुटान शान्ति मैत्री सन्धि १९४९ , भारत नेपाल शान्ति मैत्री सन्धि १९५० को धाराहरुरहेको बताए। जब सम्म यी दुई सन्धिहरुको पुनः मूल्याङ्कन अनि संसोधन हुँदैन तब सम्म भारतीय गोर्खालाई भारत देशले हेर्ने दृष्टि १९५० मा सरदार वल्लभ भाई पटेलको दृष्टिकोण नै रहन्छ। पटेलले गोर्खाहरू भारत देश प्रति इमान्दार छैनन् भनेका थिए। यही दृष्टिकोण बदल्नु पर्छ। यो दृष्टिकोण तब बदलिन्छ जब हामी हाम्रो इतिहासलाई केलाउछौ।
भारतीय गोर्खाको रोग सर्जिकल हो
घरको कुनै एक सदस्यलाई स्ट्रोक भए उसलाई न्यूरो डाक्टर कहाँ लैजान्छ। डाक्टरको सुझाउ हुनेछ कि त अपरेसन गर या दवाई खाउ। हाम्रो गोर्खाको मुद्दा पनि सर्जन चाहिने रोग हो। आजको दिन दिल्लीमा हाम्रो रोग निको पार्ने कुनै सर्जन छैन। र दवाई को रूपमा अल इण्डिया गोर्खा अस्सेम्बलीको (AIGA) मांग गरेको हुँ, विनय तामाङले भने।
AIGA गोर्खाको चिन्हारी, सुरक्षाको निम्ति सम्पूर्ण भारतका गोर्खाको सदस्यहरूले बनिने छ। यो विषय हामी भारतमा जहाँ जहाँ गोरखाहरु छन त्यहाँ त्यहाँ गएर विचार गोष्ठी आयोजना गर्नेछौ। कम्तीमा पनि २२ वटा राज्यहरूमा गोरखाहरु बसो बासो गर्छन।
जब चिन्हारी नै संकटमा छन भने यो हामीले उठाएको कदम आजको परिस्थितिमा उपलब्ध भएको योग्यको पहल हो।
यही कारण हो विनय तामाङ भन्छन गोर्खा जातिमा राष्ट्रिय एकिकरण हुनु आवश्यक छ। गोर्खाको राजनीतिमा आएको संकटको औषधि भनेको नै गोर्खाको राष्ट्रिय एकीकरण हो। राष्ट्रिय एकीकरण राजनैतिक, सामाजिक अनि नेतृत्व स्तरमा हुनु पर्छ। उनले भारतीय गोर्खालाई आव्हान गर्दै भने, हामीले (गोर्खा जनमुक्ति मोर्चा) उठाएको मुद्दालाई चिन्तन मनन गरिदिनुहोस। हामीले सानो आवाज उठाएका छौं। अब आसामले आवाज दिनु पर्यो अनि भारतको २२ राज्यमा बस्ने सम्पूर्ण गोर्खाले आफ्नो आवाज जोड्नु पर्यो। तब हामी हाम्रो गोर्खा एकीकरणको अभियानमा सफल हुनेछौ।
के भारतीय गोर्खाले आधुनिक पृथ्वी नारायण शाह पाएकै हो?
आज दिउँसो, सी के श्रेष्ठले गाडीधुरामा दुर्गा मल्लको शालिग अनावरण कार्यक्रममा भने, ” हामी व्यक्तिवादी हाेइन विचार वादी हुनु पर्छ।” कसैले जून देखाउँदा कालो औंला हेर्नु होइन, औंला हेरिरहे जून डुब्नु पनि सक्छ। व्यक्तिवादी बुडबक हुन् अनि हाम्रो समाजमा बुडबकको कमी छैन।
अब प्रश्न उठ्छ, हामी बुडबक बन्ने कि विचारवादी? गोर्खा एकता कै रट लगाई रहने कि गोर्खाको राष्ट्रिय एकीकरणको अभियानमा सहयात्री बन्ने?
बहस हुनुपर्छ सोच माथि। प्रति पादित अवधारणा का प्रत्येक बुँदा माथि।
सायद बौद्धिक आन्दोलन भनेको नै यस्तै हो।
संस्कार गनगनाईटिस देखि विचार अनि बहस तर्फ पो गर्नु पर्ने हो कि?
बुडबक होइन बौद्धिक बनौ।
Filed under: GJMM, Gorkhaland | Tagged: Binoy Tamang, Gorkha Identity, Gorkhaland | Leave a comment »