भारतीय गोर्खालाई राष्ट्रिय स्तरमा एकिकरण गर्ने अभियानको सूत्रपात गरे आधुनिक भारतको पृथ्वी नारायण शाह विनय तामाङ्गले

भारतीय गोर्खालाई राष्ट्रिय स्तरमा एकिकरण गर्ने अभियानको सूत्रपात गरे आधुनिक भारतको पृथ्वी नारायण शाह विनय तामाङ्गले
– ज्योति कुमार मुखिया

“गोर्खा जातिमा राष्ट्रिय एकिकरण हुनु आवश्यक छ” – विनय तामाङ, राष्ट्रिय सम्मेलन एंव राष्ट्रिय सेमिनार , गुवाहाटी, आसाम

आसामबाट सञ्चालित हुने वेब पोर्टलको चौथो स्थापना दिवसको समारोहमा बोल्दै गोर्खा जनमुक्ति मोर्चाका अध्यक्षले भारतीय गोर्खालाई राजनैतिक, सामाजिक अनि नेतृत्व स्तरमा एकिकरण हुने आव्हान सहित एकिकरण अभियानको सूत्रपात नै गरे। जसरी पृथ्वी नारायण शाहले नेपाली समुदायलाई एकीकृत गरेर संयुक्त नेपाल साम्राज्यको स्थापना गरे त्यसरी नै भारतीय गोर्खालाई राष्ट्रिय स्तरमा एकिकरण गर्ने अभियानको घोषणा गरे।

अब गोर्खा एकता मात्र होइन, भारतीय गोर्खा लाई चाहिएको हो गोर्खाको राष्ट्रिय एकिकरण। किन? विनय तामाङले भने, किन १.५ करोड भारतीय गोर्खा घटेर २९ लाख हुन्छन् ३ करोड वनिनु को साटो? गोर्खा जाति किन जात जातमा टुक्रिन्दैछ? उनले भने जब गोर्खा जातिको मुद्दा आउँछ तब जातिको मात्र होइन नेतृत्वको पनि एकीकरण हुनु पर्छ। अहिलेको मांग भारतमा हामी अल्पसंख्यक भए पनि जाति स्तरमा मात्र नभएर सामाजिक, राजनैतिक क्षेत्रमा पनि एक हुनु आवश्यक छ। हामी टुक्रिनुमा छिटो छौ तर जोडिनुमा ढिलो छौं।

उनले गोर्खाको चिन्हारी, अस्तित्व अनि अस्मिताको समस्याको जड भनेको नै भारत भुटान शान्ति मैत्री सन्धि १९४९ , भारत नेपाल शान्ति मैत्री सन्धि १९५० को धाराहरुरहेको बताए। जब सम्म यी दुई सन्धिहरुको पुनः मूल्याङ्कन अनि संसोधन हुँदैन तब सम्म भारतीय गोर्खालाई भारत देशले हेर्ने दृष्टि १९५० मा सरदार वल्लभ भाई पटेलको दृष्टिकोण नै रहन्छ। पटेलले गोर्खाहरू भारत देश प्रति इमान्दार छैनन् भनेका थिए। यही दृष्टिकोण बदल्नु पर्छ। यो दृष्टिकोण तब बदलिन्छ जब हामी हाम्रो इतिहासलाई केलाउछौ।

भारतीय गोर्खाको रोग सर्जिकल हो

घरको कुनै एक सदस्यलाई स्ट्रोक भए उसलाई न्यूरो डाक्टर कहाँ लैजान्छ। डाक्टरको सुझाउ हुनेछ कि त अपरेसन गर या दवाई खाउ। हाम्रो गोर्खाको मुद्दा पनि सर्जन चाहिने रोग हो। आजको दिन दिल्लीमा हाम्रो रोग निको पार्ने कुनै सर्जन छैन। र दवाई को रूपमा अल इण्डिया गोर्खा अस्सेम्बलीको (AIGA) मांग गरेको हुँ, विनय तामाङले भने।

AIGA गोर्खाको चिन्हारी, सुरक्षाको निम्ति सम्पूर्ण भारतका गोर्खाको सदस्यहरूले बनिने छ। यो विषय हामी भारतमा जहाँ जहाँ गोरखाहरु छन त्यहाँ त्यहाँ गएर विचार गोष्ठी आयोजना गर्नेछौ। कम्तीमा पनि २२ वटा राज्यहरूमा गोरखाहरु बसो बासो गर्छन।

जब चिन्हारी नै संकटमा छन भने यो हामीले उठाएको कदम आजको परिस्थितिमा उपलब्ध भएको योग्यको पहल हो।

यही कारण हो विनय तामाङ भन्छन गोर्खा जातिमा राष्ट्रिय एकिकरण हुनु आवश्यक छ। गोर्खाको राजनीतिमा आएको संकटको औषधि भनेको नै गोर्खाको राष्ट्रिय एकीकरण हो। राष्ट्रिय एकीकरण राजनैतिक, सामाजिक अनि नेतृत्व स्तरमा हुनु पर्छ। उनले भारतीय गोर्खालाई आव्हान गर्दै भने, हामीले (गोर्खा जनमुक्ति मोर्चा) उठाएको मुद्दालाई चिन्तन मनन गरिदिनुहोस। हामीले सानो आवाज उठाएका छौं। अब आसामले आवाज दिनु पर्यो अनि भारतको २२ राज्यमा बस्ने सम्पूर्ण गोर्खाले आफ्नो आवाज जोड्नु पर्यो। तब हामी हाम्रो गोर्खा एकीकरणको अभियानमा सफल हुनेछौ।

के भारतीय गोर्खाले आधुनिक पृथ्वी नारायण शाह पाएकै हो?

आज दिउँसो, सी के श्रेष्ठले गाडीधुरामा दुर्गा मल्लको शालिग अनावरण कार्यक्रममा भने, ” हामी व्यक्तिवादी हाेइन विचार वादी हुनु पर्छ।” कसैले जून देखाउँदा कालो औंला हेर्नु होइन, औंला हेरिरहे जून डुब्नु पनि सक्छ। व्यक्तिवादी बुडबक हुन् अनि हाम्रो समाजमा बुडबकको कमी छैन।

अब प्रश्न उठ्छ, हामी बुडबक बन्ने कि विचारवादी? गोर्खा एकता कै रट लगाई रहने कि गोर्खाको राष्ट्रिय एकीकरणको अभियानमा सहयात्री बन्ने?

बहस हुनुपर्छ सोच माथि। प्रति पादित अवधारणा का प्रत्येक बुँदा माथि।

सायद बौद्धिक आन्दोलन भनेको नै यस्तै हो।

संस्कार गनगनाईटिस देखि विचार अनि बहस तर्फ पो गर्नु पर्ने हो कि?

बुडबक होइन बौद्धिक बनौ।

All India Gorkha Assembly

AIGA

गोर्खा भारती विचार मन्चको पक्षमा सि के श्रेष्ठले भने “जो हामीसंग उभिन्छन् हामी उनीहरुसंग उभिनेछौं!”

गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिनय तामङले विचार मन्चको अवधारणालाई ग्रहण गरेर भारतभरिका गोर्खाहरुको चिन्हारीको निम्ति अल इण्डिया गोर्खा एसेम्बली बनिनुपर्छ भन्ने माग गत 1 फरवरीको दिन गरेपछि आज एउटा भिडियो जारी गरेर सि के श्रेष्ठले उनको उक्त बयानको स्वागत जनाएका छन् । उनले आफुहरुले आफ्नो नयाँ विचार सबै राजनैतिक दललाई नै दिएको अनि सबैले राम्रो छ भनेर पनि भनेको तर कसैले यसलाई ग्रहण गरेर अघि बड्ने आँट नगरेको बताउदै मोर्चा बिनय खेमाले सो आँट गरेकोमा अब सो बिचार र मुद्दाको निम्ति आफुहरुले पनि सक्दो साथ दिने बताएका छन् । उनले गोर्खाल्यान्ड गोर्खा जातिको हिजको सपना रहेको अनि आजको यथार्थ अल इण्डिया गोर्खा एसेम्बली नै रहेको पनि बताएका छन् ।

भिडियो विज्ञप्ति यहाँ बाट डाउ्लोड गर्नु सक्नुहुनेछ:

https://youtu.be/erHRruC_GQk


विज्ञप्तिको सम्पूर्ण नोट:


जो हामीसंग उभिन्छन् हामी उनीहरूसंग उभिन्छौं !
भारत भूमिकै अर्चना, भारत भूमिकै आरती भारत भूमिकै सन्तति, हामी गोर्खा भारती !
गोर्खा भारती विचार मञ्चको पक्षमा सबैलाई स्वागतम अनि जय गोर्खा !!

गत 1 तारिख फरवरीको दिन दार्जीलिंगमा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामङले गोर्खा भारती विचार मञ्चको अवधारणालाई स्वीकार गरेर औपचारिक घोषणा गर्नलाई एक पत्रकार सम्मेलन डाकेका थिए । सम्मेलनमा उनले विचार मञ्चद्वारा प्रस्तावित गोर्खा नेशनल एसेम्बलीको प्रस्ताव गोर्खाहरूको राष्ट्रिय चिह्नारी स्थापित गर्नलाई आजको दिनमा श्रेष्ठ उपाय हो अनि यसले दार्जीलिंगका 10-12 लाख गोर्खाहरूको मात्र होइन तर भारतभरिका डेड़ करोड़ गोर्खाहरूकै कल्याण गर्नेछ भनी मिडियाकर्मीहरूलाई बताए । स्वागत गर्छौं उनको यस विचारलाई !
गोर्खा भारती विचार मञ्चले यस अवधारणालाई लिएर हिँड़ेको आजदेखि होइन, झण्डै दस वर्षको लग लागिसकेको छ । यस अवधारणालाई बुझ्ने र मन पराउने धेरै निस्किए पनि यसलाई पछ्याउने आँट गर्नेहरू भने कोही पनि निस्किएनन् । आजसम्म ।
कारणहरू धेरै थिए यस अवधारणालाई मन पराएर पनि नपछ्याउनुमा । प्रमुख कारण चैं गोर्खाल्याण्ड प्रतिको नि:शर्त निष्ठा । अन्धोभक्तिकै स्तरमा । हामी पनि सबै त्यही युगकै उत्पादहरू हौं । अन्धो भक्तहरू । 1978 सालमा जब मैले मेरो पत्रिका ‘अब …’ – मा पहिलो पटक अलग राज्यको कुरो लेखें – मलाई लाग्थ्यो यो नै मेरो जीवनको एक मात्र लक्ष्य हो, संसारमा जन्म लिएपछि हामीले गर्नपर्ने कर्तव्य नै यही मात्र हो । हामीले गोर्खाल्याण्डलाई राजनीतिजस्तो ठानेनौं – धर्मजस्तो ठान्यौं । “तिम्रो नाम मेरो नाम – बंगालदेखि छुट्टानाम !” “बंगालमा हामी बस्दैनौं !” “बंगाल हाम्रो चिहान हो !”-जस्ता नाराहरू प्रथमपल्ट कथेर लेख्दा जुन सुखद सन्तुष्टि, जुन सुखद अनुभूति मिल्थ्यो त्यस कुरोको वर्णन गरेर साध्य छैन । प्रशासनको डण्ठा खानु, मकैबारीमा सुत्नु, महीनामा एक-दुई खेप एरेस्ट हुनु अनि बेलमा छुटेपछि फेरि नारा लगाउँदै निस्किनु – बंगालमा हामी बस्दैनौं-बस्दैनौं ! बंगाल हाम्रो चिहान हो-चिहान हो !! यी सब कुराहरू रूटिनजस्तै भइसकेका थिए हाम्रो निम्ति । म 80-81 को कुरो गरिरहेछु ।
8 अगस्त 1980 मा अलग राज्यको मुद्दा लिएर प्रान्त परिषद् संस्थाले जन्म लियो । संस्था नभनौं एक साझा मञ्च थियो प्रान्त परिषद् । गोर्खालीग, कांग्रेस, सीपीआई, सीपीएम अनि केही सामाजिक संस्थाहरू पनि आवद्ध थिए परिषदमा । कांग्रेसी भूतपूर्व राज्यमन्त्री गजेन्द्र गुरूंग, गोर्खालीगी मदन तामङ, मार्क्सवादी अबुल फजल, भाकपाका भीमलाल दंगालको अनि गोरामुमोका सुवास घिसिंगहरूको प्रतिनिधित्व थियो परिषदमा । माननीय आई.बी. राई सर, राजनैतिक गुरु मदन थापा, जुझारु प्रेम थापा अनि लड़ाकू कुमार भोटे र ईश्वरलाल प्रधानहरूको युग थियो त्यो ।अनि आज यी सबै नेताहरू स्वर्गवासी भइसके । यो प्रारम्भिक इतिहास हो गोर्खाल्याण्ड आन्दोलनको ।
बताउन के चाहेको हो मैले भने हामी त्यस समयमा पनि उपस्थित थियौं त्यहाँ । हामी चश्मदीद गवाह हौं … EYE WITNESS !
इतिहासमा चासो राख्नेहरूले यी सबै कुराहरू पुस्तकहरूतिर खोजेर पढ़्दा भइहाल्ने कुरो हो ।
आज हामीले अब गोर्खाल्याण्डदेखि अलिक पर्तिर हेर्नु आवश्यक छ भन्ने कुरो किन गर्दैछौं … त्यसैमाथि ध्यानकेन्द्रित गरौं ।
एउटा कुरो यहाँ प्रष्टसित मैले के राख्नपर्छ भने जब अलग राज्यको कुरो शुरूमा उठ्यो तब यो मुद्दा गोर्खाको राष्ट्रिय पहिचानसित जोड़िएको थिएन । थियो भने पनि अत्यन्त सुक्ष्म रूपमा मात्र थियो । हाम्रा भाषणहरूमा हामी प्राय: बंगालको आधिपत्य हामीलाई स्वीकार छैन अनि आफ्नो ठाउँमा आफै मालिक अनि आफ्नै हक चल्नुपर्छ भन्ने कुरोमा नै बेशी केन्द्रित हुन्थ्यौं । बेला-बेलामा बंगालको विरूद्धमा QUIT DARJEELING ! GO BACK-GO BACK !! भन्ने उग्र नाराहरू पनि लगाइन्थ्यो । यसले राजनैतिक मुद्दा पथभ्रष्ट भएर वंगाली अनि गोर्खामाझको साम्प्रदायिक मुद्दा जस्तो देखिनथालेको अनि “हाम्रो माटो फर्काइदे !”-जस्ता नाराहरूले केन्द्रमा गलत सिग्नलहरू पनि गइरहेको हामीलाई अनुभव हुनथाल्यो ।
अर्को कुरो चैं विश्वको वृहत्तम गणतान्त्रिक देशको संविधानको पटलमा राख्नलाई छाकै नपुग्ने जस्तो पनि लाग्नथाल्यो हाम्रो मुद्दा हामीलाई नै । साथै हामीले खासमा खोजेको चैं के हो त … फस्टिनै पाएनौं, गरिखान नै पाएनौं बंगालमा भन्छौं भने प्रत्येक राज्यका अल्पसंख्यकहरूले ‘बहुसंख्यकहरूले हामीलाई हेप्यो, अवहेलना गऱ्यो, हाम्रो भाषा-संस्कृति मासियो’ भनेको त सबैतिर नै सुनिन्छ । राज्य माग्नुलाई त्यति नै कारण पर्याप्त हो त ? … अनि हाम्रो जमीनको मालिकाना हकको कुरो गरौं भने त हाम्रो मुद्दा संसदतिर त होइन सेटलमेण्ट अफिसतिर पो पठाइदेला जस्तो पनि लाग्न थाल्यो … PERCEPTION को कुरो गरेको है … हन के चैं चाहिएको हो त हामीलाई भनी धेरै लामो विचार –विमर्ष अनि छलफल पछि पो हाम्रो अस्तित्व, हाम्रो अस्मिता अनि हाम्रो चिह्नारी भन्ने कुराहरू निस्किएको हो । अनि भन्न थालियो गोर्खा राज्य के को लागि भन्दा गोर्खा जातिको चिह्नारीको लागि । त्यसपछि सबैको मुख-मुखमा झुण्डिएको हो चिह्नारी ।
त्यसपछि अर्को एउटा नयाँ सत्यको पनि उद्घाटन भयो – यदि मुद्दा भारतमा गोर्खा जातिको राष्ट्रिय चिह्नारीको हो भने यो त दार्जीलिंगे आठ-दस लाख गोर्खाहरूको मात्र त पक्कै पनि होइन, यो त सारा भारतकै गोर्खाहरूको चिह्नारीको सवाल हो । यसरी मुद्दाको प्रोफाइल बढ़ेर संसदको निम्ति सुहाउँदो छाक पनि बन्न पुग्यो ।
यसरी गोर्खाल्याण्डको मुद्दा डेड़ करोड़ गोर्खाको मुद्दा भनेर चिह्नित भयो – भनाइमा चैं है … केवल भनाइमा मात्रै । किनभने मुखले सारा भारतको गोर्खाको मुद्दा भनेपनि काम चैं दार्जीलिंगकेन्द्रित नै गरिरहे सबैले । अहिले त दार्जीलिंग पनि भन्दैनन् – पहाड़ भन्छन् । डेड़ करोड़ गोर्खाको राष्ट्रिय चिह्नारीको संकटको कुरा त गर्छन् अनि तुरन्त जोड़िहाल्छन् पहाड़को बाटो, पहाड़को पानी, पहाड़को पर्यटन, पहाड़को शिक्षा, पहाड़को रोजगार, पहाड़को व्यवसाय अनि अन्त्यमा गएर पहाड़को पार्टी र पहाड़को नेता ! हामीले धेरै पल्ट भन्यौं यो विकासको मुद्दा र चिह्नारीको मुद्दा अलग-अलग विषय हुन् – छुट्याउनु पर्छ । तर सुन्ने कसले ? सबैले गोर्खाल्याण्डको पसल थापेर विकास किनिबसे, विकास बेचिबसे ।
यसरी गोर्खाल्याण्ड-गोर्खाल्याण्ड भनेर धेरै वर्षहरू बितेर गए । शुरूका जुझारू योद्धाहरू सबै बितेर गइसके । हामी पनि फारो गरेर चल्दैछौं । नखुल्ने ढोकाहरू ढक्ढकाउँदा-ढक्ढकाउँदा … नपाउने माग माग्दा-माग्दा हैरान भएर हामीले सोच्न थाल्यौं … होइन यत्रो गर्दा पनि दिनु चैं किन नदिएको ? कतै हामी भावनामा मात्र बगेर व्यावहारिकतादेखि टाढ़ा त भइरहेका छैनौं ? यस्तै विचारहरू मनमा खेल्नथाले । हुन पनि आन्दोलनले गर्दा हाम्रै आँखा सामुन्ने तीन-तीन युवा पुस्ताहरू भुर्कुट् भएका देखेका छौं … अझै कतिलाई चढ़ाउने यो जातीय मागको बलिबेदीमा ?
किनभने हामीलाई चुनावी राजनीतिमा जानु थिएन, त्यसैले गर्दा हामीलाई गोर्खाल्य़ाण्डको दोकान पनि थाप्नु थिएन । हामीले नै खोज्नुपर्छ असफलताका कारणहरू भनेर लागिपऱ्यौं अनि हामीले थाहा पाएको तथ्य आज तपाईंहरूलाई साझा गर्दैछौं ।
भारतमा गोर्खाहरूको राष्ट्रिय चिह्नारीको मुद्दा भारतीय गोर्खाहरूको निम्ति जीवन मरणको सवाल हुँदाहुँदै पनि आजसम्म सफल नहुनुमा धेरै कारणहरू छन् –
1. मुद्दाको सैद्धान्तिक पक्ष सम्बन्धी स्पष्ट अवधारणाको अभाव
2. मुद्दा राष्ट्रिय स्तरको हो भन्दै सक्रियता चैं दार्जीलिंगकेन्द्रित राखेर गोर्खाल्याण्डको नाममा भोटको पसल थाप्ने चलन
3. दार्जीलिङको लोकसभा सीट हत्याउनलाई सधैं चुनाउको छेकमा गोर्खालाई झूटो आश्वासनमा भुलाएर पछि गएर इमान्दारी नदेखाउने राष्ट्रिय पार्टीहरूको स्वार्थी नीति
4. राष्ट्रिय सुरक्षा नीति अनि बंगाल राज्य स्तरीय राजनीतिको तगारो
बाधा नम्बर 1,2 र 3 मा त्यति समस्या देखिन्न । ती भूलहरूलाई सुधारेर फेरि अघि बढ़्ने प्रयास गर्न सकिन्छ । तर नम्बर 4 का दुवै बाधाहरू भने हटाउन असम्भव नै छ । त्यही दुई तगाराहरू नै गोर्खाल्याण्डको मार्गमा नाघ्न नसकिने पर्खालहरू भएका छन् ।

पहिलो पर्खाल :
• राष्ट्रिय हितको दृष्टिकोणमा – केन्द्र सरकारका नयाँ राज्य निर्माण विषयका विशेषज्ञहरू अनि नीति निर्धारकहरूको गोर्खा राज्य निर्माणप्रति सकारात्मक दृष्टिकोण छैन । उनीहरूको दिमागमा दार्जीलिङ अनि निकटवर्त्ती क्षेत्रको भौगोलिक अवस्थानले गर्दा यो भूभाग अन्तर्राष्ट्रिय राजनैतिक चलखेलको संवेदनशील अनि अशांत क्षेत्र भनी पहिलेदेखि नै चिह्नित् गरिएकोले यसै क्षेत्रमा अर्को सानो नयाँ राज्यको गठन राष्ट्रको हितमा छैन भन्ने सोच छ । साथै चारैतिर अन्तर्राष्ट्रिय सीमा भएको यस क्षेत्रलाई नयाँ सीमाङ्कनको निम्ति काटछाँट गर्दा राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय राजनैतिक समीकरणहरू पनि खज्मजिन्छन् कि भन्ने त्रास मनमा पालेर राख्ने नेताहरूको पनि केन्द्रमा कमी छैन । त्यहीमाथि आजसम्म निर्मित उत्तर पूर्वाञ्चलका अन्य राज्यहरूमा समयसमयमा बल्झिरहने प्रत्यक्ष वा परोक्ष रूपको भारतविरोधी मनोवृत्ति अनि आतंकवादी, उग्रवादी र भूमिगत सेनाका हिंसात्मक क्रियाकलापहरूले गर्दा पनि त्यही क्षेत्रमा फेरि अर्को जातीय आधारकै राज्यको निर्माणको माग स्वीकृत हुन नसक्ने माग नै देखिन्छ ।

दोस्रो पर्खाल :
• राष्ट्रिय राजनीतिको दृष्टिकोणले – बंगालबाट लोकसभाका 42 सांसदहरू चुनिेएर जान्छन् जुन संख्याबल केन्द्रमा सरकार चलाउने दलको निम्ति अत्यन्तै महत्वपूर्ण छ । यो प्रभावकारी संख्याबललाई केन्द्रको कुनै पनि सरकारले आफ्नोपट्टि तान्ने राजनैतिक लालसा त पालेर राखेकै हुन्छ । गोर्खा राज्यको मागको संदर्भमा विगतको इतिहास हेर्न हो भने बंगालमा जुनै पार्टीको सरकार आए पनि यी 42 सांसदहरूमध्ये 41 जना सधैं नै यस मागको घोर विरोधी नै हुन्छन् । अनि दार्जीलिङको सांसदले गोर्खा राज्यको मागलाई समर्थन गरेको पनि चुनाउ जित्नलाई गरिएको एक राजनैतिक बाध्यता मात्र हो भन्ने कुरो पनि स्पष्ट भइसकेको छ । यसरी बंगालको 41 सांसदले विरोध गरेको मागलाई कुनै पार्टीले सोझै समर्थन गर्नु भनेको पश्चिम बंगालको राजसत्ता हत्याउने सपनालाई तिलाञ्जलि दिनु बराबर नै हो, जो असम्भव कुरो हो । त्यसैले यो पनि एउटा नाघ्न नसकिने पर्खाल नै छ ।
• यी बाहेक…
यी दुई पर्खाल बाहेक गोर्खाल्याण्ड राज्य गठन लिएर एउटा विसंगति पनि जोड़िएको छ । उत्तराखण्ड अनि तेलेंगनाजस्तो नयाँ राज्यको गठन हुँदा 90 देखि 95 प्रतिशतभन्दा बड़ी उत्तराखण्डी र तेलेंगानी जनसंख्या नवनिर्मित राज्यभित्रै परेको थियो । त्यसैले ती राज्यका वासिन्दा जातिहरूले राज्यद्वारा दिइएका हर सुख-सुविधा-सहुलियत उपभोग गर्न पाइरहेछन् । गोर्खा राज्य गठन भएको खण्डमा त्यस क्षेत्रभित्र केवल 10-12 लाख गोर्खाहरू मात्र समेटिने छन् । भारतमा गोर्खा जनसंख्याको एक करोड़भन्दा बड़ी भाग त नवनिर्मित गोर्खा राज्यको लाभदेखि वञ्चित बाहिर नै छाड़िनेछ । अर्कोतिर भारतमा गोर्खा जातिको निम्ति केही गरिदिऊँ भनेर सरकारले मन बनाइहाले पनि गोर्खाहरूको विपुल जनसंख्यालाई पाखामा राखेर दार्जीलिङका केही लाख गोर्खाहरूको निम्ति मात्र यस्तो निर्णय लिनु शंकास्पद नै देखिन्छ ।

यसरी भारतमा गोर्खाहरूको अलग राज्य गठन प्रक्रियामा आइपरेका यस्ता नाघ्नै नसकिने अड़चन अनि विसंगतिलाई गहन अध्ययन अनि मनन गरेपछि गोर्खाको राष्ट्रिय चिह्नारी समस्यालाई फेरि नयाँ तौरले गम्भीरतापूर्वक अवलोकन गरेर नयाँ सोच अनि विचारको आधारमा विश्लेषण गर्ने प्रयास गर्नु पर्ला कि भन्ने विचारहरू धेरैको मनमा पलाएकै हो । अनि यो विचार सही थियो किनभने हामीलाई गोर्खाल्याण्डको दोकान
थापेर पार्टी चलाउन पर्ने बाध्यता थिएन।
त्यसै हेर्दा पनि …
गोर्खाल्याण्डको अवधारणा 1907 मा उब्जिएको होइन । आरम्भकालमा अरू-अरू नै मागहरू थिए । समय परिवर्तनको साथसाथै मागको डिग्रीमा पनि परिवर्तन हुँदै आज यहाँसम्म आइपुगेको हो । त्यसैले गोर्खाल्याण्ड क्रम-विकास (EVOLUTION) पद्धतिको उपज हो । त्यसो हो भने यो यति नै हो र अन्तिम हो भन्न कसरी सकिन्छ र…? दार्जीलिंगलाई नै संसार ठान्ने सोचहरू अहिले राष्ट्रिय तहमा पुगिसके । बद्लिँदो परिस्थितिले नै आह्वान गर्दैछ अब अलिक पर्तिर हेर्नलाई । गोर्खाल्याण्डदेखि पनि पर्तिर … यो समयको माग हो … !

विकल्पको खोजीमा : नयाँ दृष्टिकोण –

क्षेत्रीय चिह्नारी, जातीय चिह्नारी अनि राष्ट्रिय चिह्नारीलाई केलाउँदै जाँदा केही चाखलाग्दा तथ्यहरू उजागर भए । गोर्खाले राष्ट्रिय शासनमा भागीदारी नपाए पनि भारतका कतिपय क्षेत्रमा राज्यको शासनमा विभिन्न प्रकारको भागीदारी भने पाएकै छ । राज्य विधान सभा अधीनका गोर्खा पञ्चायत, गोर्खा विकास परिषद् अनि गोर्खाल्याण्ड टेरिटोरियल प्रशासनजस्ता व्यवस्थाहरूले गोर्खालाई राज्य प्रशासनमा भागीदारी दिएको हुनाले तीनै व्यवस्थाहरूले राज्यको चिह्नारी पनि प्रदान गरेको छ । राज्य शासनमा भागीदारीले यदि राज्यको चिह्नारी दिन्छ भने एवं रीतले गोर्खाहरूको निम्ति यदि संसदकै अधीनमा राष्ट्रिय स्तरको कुनै व्यवस्थाको परिकल्पना गर्न सकियो भने त्यस व्यवस्थाले राष्ट्रिय स्तरको चिह्नारी निश्चय नै प्रदान गर्नेछ । यही नै हो अल इण्डिया गोर्खा एसेम्बलीको सोचको आधार ।

अल इण्डिया गोर्खा एसेम्बलीको क्षेत्र कहाँ हुनेछ ?

गोर्खा जनसंख्या भारतभरि नै छरपष्टिएर बसेकोले सबैलाई एकै क्षेत्रमा समेट्ने त कुरै आएन । त्यसैले निर्दिष्ट क्षेत्र नभएको अनि सम्पूर्ण जातिलाई पनि समेट्ने कुनै भिन्नै प्रकारको संरचना, नयाँ प्रकारको व्यवस्था नै चाहियो । खोज्दै जाँदा हामीले यस्तो संरचना उत्तर-पूर्वी क्षेत्रमा देख्यौं । उत्तर-पूर्वाञ्चल राज्यहरूमा कतिपय पछौटे जातिहरूको निम्ति धेरै यस्ता व्यवस्थाहरू स्थापित गरिएका छन् जुन व्यवस्थाहरूको कुनै निर्दिष्ट क्षेत्र छैन । यसरी कुनै निर्धारित क्षेत्रबिनै एउटा परिचालना केन्द्रको अधीनमा रहेका यस्ता व्यवस्थाहरूलाई ‘सेटलाइट काउन्सिल’ नामाकरण गरिएका छन् । यस प्रणालीले गर्दा काउन्सिलको सुख-सुविधा अनि सहुलियत त्यही चिह्नित जातिले मात्र प्राप्त गर्दछ जसको निम्ति त्यो व्यवस्था बनिएको छ । उदाहरणको निम्ति आसामको गोर्खा डेभलपमेन्ट काउन्सिललाई लिन सकिन्छ । आसामका 26 जिल्लाहरूमा बसेका गोर्खाहरू जहाँ-जहाँ जति-जति छन् सबै नै यस काउन्सिलका लाभार्थी बनेका छन् । साथै गोर्खाले काउन्सिलद्वारा राज्यको शासनमा प्रत्यक्ष भागीदारी पनि पाएकाले त्यही नै उनीहरूको राज्यिक चिह्नारी पनि भएको छ ।
‘अल इण्डिया गोर्खा एसेम्बली’- को स्थापनाको आधारमा दुई मूल सिद्धान्तहरू छन् –
1. गोर्खाहरूको निम्ति संसदद्वारा पारित सेटलाइट प्रणालीको नेशनल एसेम्बलीको स्थापनाले भारतभरिकै गोर्खाहरूले, जुनै राज्यमा बसोबासो गरे पनि, जतिसुकै संख्यामा भएपनि राष्ट्रको शासनमा सोझै भागीदारी पाएर राष्ट्रिय चिह्नारी प्राप्त गर्नेछन् ।
2. ‘ अल इण्डिया गोर्खा एसेम्बली’ भारतभरिका सबै राज्यहरूमा बसोबासो गर्ने गोर्खाहरूको निर्वाचित प्रतिनिधिहरूलाई लिएर बनिएको व्यवस्था भएको हुँदा यसबाट प्राप्त हुने सहुलियतको लाभ पनि प्रत्यक्ष रूपमा भारतभरिकै गोर्खाहरूले प्राप्त गर्नेछन् ।
अल इण्डिया गोर्खा एसेम्बलीको प्रस्तावित संस्थागत प्रारूप
(क) अल इण्डिया गोर्खा एसेम्बली संसदद्वारा पारित अनि कुनै उचित केन्द्रिय मन्त्रालयको अधीनस्थ भारतभरिका गोर्खाहरूको निम्ति एक निर्वाचित व्यवस्था हुन्छ ।
(ख) यस एसेम्बलीको निर्वाचनमा भारतभरिका गोर्खा मतदाताहरूले मतदान गर्नेछन् ।
(ग) गोर्खा एसेम्बलीको निर्वाचन प्रक्रिया, कार्यपद्धति अनि सञ्चालन व्यवस्थाको निम्ति एउटा विषय विशेषज्ञहरूको कमिटी (EXPERT COMMITTEE) गठन गरिनेछ ।
(घ) अल इण्डिया गोर्खा एसेम्बली भारतभरिका गोर्खाहरूको हित र कल्याणको निम्ति गठित राष्ट्रिय स्तरको संसदीय व्यवस्था हुनाले यसले आफ्नो कार्यसूचीको चयन पनि भारतमा गोर्खाहरूको स्थिति अनि आवश्यकतालाई ध्यानमा राखेर नै गर्नेछ । खस्रो तौरले शुरूआती दौरमा यसको अधीनस्थ निम्न विषयहरूलाई राख्न सकिन्छ –
i. भारतमा गोर्खाहरूको इतिहासलाई प्रामाणिक रूपमा दर्ता गर्नलाई राष्ट्रिय गोर्खा संग्रहालय (NATIONAL GORKHA MUSEUM)-को स्थापना ।
ii. राष्ट्रिय स्तरमा गोर्खा संस्कृतिको संरक्षण-संवर्धन-विकास केन्द्रको स्थापना ।
iii. नेपाली भाषा-साहित्य विकासको निम्ति राष्ट्रिय स्तरमा आवश्यकीय आधारभूत ढाँचाको स्थापना ।
iv. गोर्खा खेलाड़ीहरूको निम्ति गोर्खा नेशनल स्पोर्ट्स अकादमीको स्थापना ।
v. राष्ट्रिय स्तरमा नेपाली सृजनात्मक कला – नेपाली गीत-संगीत, नेपाली फिल्म, नेपाली नाटक अनि साथै नेपाली लोक कलाहरूको संरक्षण-संवर्द्धन अनि विकासको निम्ति सरकारी पृष्ठपोषण अनि शिक्षण-प्रशिक्षणको व्यवस्था ।
vi. सामरिक वाहिनी, पुलिस अनि अर्द्धसामरिक बलमा जान चाहने गोर्खा विद्यार्थीहरूको निम्ति राष्ट्रिय स्तरमै माध्यमिक, उच्च माध्यमिक अनि कलेज स्तरको शिक्षा प्रदान गर्ने शिक्षण-प्रशिक्षण केन्द्रहरूको स्थापना ।
उपर्युक्त लिष्ट पूर्ण छैन । यो गोर्खा नेशनल एसेम्बलीको आधार तयार गर्नलाई सोचिएको केवल प्रस्तावित खेस्रा मात्र हो । यो व्यवस्था साकार हुन सक्यो भने यसद्वारा गोर्खाको राष्ट्रिय चिह्नारीको स्थापना मात्र नभएर गोर्खा जातिको हित र कल्याणमा प्रत्यक्ष रूपमा कति कार्यहरू हुन सक्छ भन्ने सम्भावनालाई दर्शाउन खोजिएको मात्र हो । यो हो गोर्खाहरूको राष्ट्रिय चिह्नारी स्थापित गर्ने गोर्खा भारती विचार मञ्चको अवधारणा ।
यस अवधारणालाई हामीले धेरै राजनैतिक दलकहाँ पुऱ्याएका हौं । मागको रूपमा होइन – प्रस्तावको रूपमा । सबैले मन पराए तर लिएर हिँड़्न कोही राजी भएनन् । ‘हुन्छ-हुन्छ-गोर्खाल्याण्ड एक दिन पाइहाल्छ’-मा नै भोट पाइहालिन्छ भने यस्तो मुद्दा र सुद्दाको भारी बोकेर को हिँड़्ने ? यहाँ त उधारो खाता पनि चल्छ – अहिले भोट दिँदै गर पाउने कुरो चैं भोट पछि दिउँला है भन्दा पनि मानिहाल्ने सुधा प्राणीहरू छन् … एक मुट्ठी चिउरामै मान्छन् भने बोरै किन दिऊँ यिनीहरूलाई ? भन्ने बिचार पनि होला कतिको । WE DON’T MIND !
आज भनौं नै भने गोर्खा जनमुक्ति मोर्चाका महा सचिव अनित थापाले अघिदेखि नै गोर्खाहरूको चिह्नारीको मुद्दालाई विकासको मुद्दासित मिसाउनु हुँदैन, यसलाई माथिल्लो तहमा बेग्लै तरीकाले निप्टाउनुपर्छ भनेर गोर्खा भारती विचार मञ्चको विचारधारालाई अन्जानमै पहिलेदेखि नै समर्थन गरिरहेका थिए । अनि उनको ‘म ढाँटेर गोर्खाल्याण्डको नाममा भोट माग्दिनँ अनि मलाई जुन काम राम्रोसित आउँदैन त्यसलाई छुँदिनँ तर जानेको काम प्रतिवद्धताको साथमा पूरा गर्छु’ भन्ने उद्गारले पनि हामीलाई निकै प्रभावित गरेको थियो । नजान्नेहरूले जान्दछु कि जान्दछु भनेर नै हाम्रा कामहरू खरिएका हुन् ।
हामीले जस-जसलाई यस मुद्दामाथि पहल गरौंन भनेका थियौं उनीहरूसित हामीले आफ्नो स्पष्ट अड़ान पनि राखेका थियौं – यस मुद्दामा हामीसित जो उभिन्छन् हामी पनि उनीहरूसित उभिने छौं । आज गोर्खा जनमुक्ति मोर्चाले यस मुद्दालाई स्वीकार गरेर हाम्रो यात्राको सहयात्री बन्ने इच्छा र आँट प्रकट गरेको छ । हाम्रो अवधारणालाई समर्थन गरेको भावनालाई कदर गर्दै अनि हाम्रो अड़ानको पनि वचन राख्दै, आज उनीहरूसित उभिनु हाम्रो पनि नैतिक जिम्मावारी ठहर्छ ।
विचार हामीसित थियो – आज गोर्खा मन भएका जनहरूले त्यस विचारलाई खुट्टा र पखेटा दिएका छन् । अब आउनेछ डेड़ करोड़ गोर्खाको राष्ट्रिय चिह्नारी व्यवस्था बोकेको विचार तपाईंहरूको घर-दैलो ढक्ढकाउँदै । माया दिएर स्वीकार्नु होला – स्वागत गर्नु होला है ।
याद राख्नोस् –
GORKHALAND हिजको सपना थियो भने – ALL INDIA GORKHA ASSEMBLY आजको यथार्थ हो ।
गोर्खाको जय होस् ! भारत भूमिको जय होस् !!

सी के श्रेष्ठ
गोर्खा भारती विचार मञ्च

विनय तामाङले दान गरे एम्बुलेन्स

Shri Binoy Tamang, President Gorkha Janmukti Morcha, donated an ambulance to Bloomfield welfare trust Darjeeling in loving memory of his father late Singha Singh Tamang.

He handed over the ambulance to trust today in a small program at Bloomfield, Darjeeling.


गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङले आफ्नो पिता स्वर्गीय सिंहा सिंह तामाङको स्मृतिमा, दार्जीलिङ बाट सञ्चालन हुने ब्लुम फिल्ड ट्रस्टलाई एउटा एम्बुलेन्स प्रदान गरेका छन्। आज एउटा सानो कार्यक्रममा उनले एम्बुलेन्स को चाबी ट्रष्टलाई सुम्पे।

विगत दिनमा ब्लूम फिल्ड क्षेत्रमा एम्बुलेन्स समयमा नआई पुग्दा धेरै बिरामीलाई अस्पताल समयमा पुर्याउनु नसकेको घटनाहरू थिए। आज यो एम्बुलेन्सले क्षेत्रका सम्पूर्ण बासिन्दालाई नै सहायता पुग्नेछ।

राजनैतिक प्रोपागान्डा: भीड अनि समर्थन

राजनैतिक प्रोपागान्डा: भीड अनि समर्थन

राजनीतिमा वर्चस्व धेरै मुख्य कुरा मानिन्छ। वर्चस्व देखाउने तरिकाहरू मध्ये एउटा हो भीड। दोस्रो हो समर्थन। भीड अनि समर्थन सामाजिक मनोविज्ञानको खेल हो। जब जब चुनाव छेउ आउँछ तब तब यो सामाजिक मनोविज्ञान उग्र रूपमा प्रदर्शित बन्छ। आज पहाडमा यही खेल देख्न पाइन्छ दैनिक रूपमा।

अर्को राजनैतिक खेल, राजनैतिक दललाई भत्काउने खेल। यो खेल डरलाग्दो अनि घिनलाग्दो देखिन्छ। चरित्र हनन देखि लिएर बेचबिखन, धम्काउने देखि लिएर आवाज बन्द गराउने सम्मको खेल हो। बीच बिखनको खेलमा नेताहरुलाई नै फाइदा भएको देखिन्छ । तर राजनैतिक विचारले समाजलाई प्रभाव पार्ने विचारकहरू पनि यो खेलको शिकार नभएको चाहिँ होइन। प्रभाव पर्नेहरू चाहे राजनैतिक विश्लेषक होस या पत्रकार।

के यी सबै चलखेलले चुनावमा प्रभाव पार्छ? पार्छ पनि पार्दैन पनि।
कसरी पार्छ? यदि जनताले राजनीतिको गतिविधि राम्ररी हेरविचार गर्दैछ भने उ प्रभावित अवश्य हुनेछ। उदाहरणको निम्ति, शिक्षित जमातले विनय खेमलाई खुल्ला रुपमा समर्थन दिनु असाधारण कुरा हो। ५००० शिक्षकले विनय खेमाको मौखिक प्रचार टी भी या समाचार पत्रिका भन्दा पनि महत्वपूर्ण हो। त्यो पनि सरकारी स्कूल पढाउने शिक्षकहरुबाट जो गाउँ बस्तीमा कार्यरत छन। सिक्किमको राजनीतिलाई शिक्षक समुदायले कतिको प्रभावित पार्छ हामीले देखेको उदाहरण हो।

कसरी पार्दैन? भीड अनि समर्थनले कट्टर समर्थकलाई अझ ऊर्जा दिन्छ। यदि पार्ने भए आज कांग्रेस पार्टी शून्य भई सक्नु पर्ने हो। तर पहाडको कुन पार्टीमा यस्ता कट्टर समर्थक छन? कति प्रतिशत होला?

यी माथि उद्घृत मापदण्डलाई हेर्ने हो भने गोर्खा जनमुक्ति मोर्चा (विनय) ले आफैलाई अग्रिम पंक्तिमा उभ्याएको छ। कतिपय सर्भेको आधारमा विनय खेमा पहाडको तीनवटै विधान सभा सिटमा पहिलो स्थानमा पाइएको छ। (सर्भे सार्वजनिक नभएको हुनाले स्रोत खुलाउनु निषेध छ)। मलाई ज्ञान भएको आधारमा पहाडमा अहिले तीन वटा सर्भे भई सकेको छ।

अब हेर्दै जाऊ। राजनीति हो भुइँचालो जस्तै हुन्छ। आज सामान्य रहन्छ भोलि हल्लिनु के बेर?

अच्छा आज केही त हल्लिने नै छ राजनैतिक माटोमा।

प्रश्न

गोर्खा जनमुक्ति मोर्चा (विमल) खेमा बाट अचानक यति थुप्रै नेताहरु ले किन भाजपा को झण्डा समाउनु थाले? विमल दाज्यु को रणनीति असफल रणनीति हो त? भाजपा ले साच्चै गोर्खाको मुद्दा (११ जनजाति) चुनाव अघि पार लगाउँला? वि पी बजगाईं, सञ्जय विष्ट जस्ता स्वतन्त्र विचार राख्ने विचारकहरूले किन भाजपालाई समर्थन दिँदैछन्?

मैले बुझ्दै गरेको पहाडको राजनीति सायाद ठीक बुझ्दै रहेछु।

यसपालीको चुनाव क्षेत्रीयता बनाम राष्ट्रिय पक्का हुनेछ। मान्नुहोस् गोर्खा जनमुक्ति मोर्चा (विनय) एक मात्र क्षत्रिय राजनैतिक दल चुनावमा उभिएको हुनेछ।

अब जनता कता लाग्ने?
राष्ट्रिय दल लाई धली मलि गर्नु दिने कि क्षेत्रीय राजनीतिको बचाउ गर्ने?

बौद्धिक हरु पनि अब बोल्नु पर्यो।

नयाँ सोच नयाँ विचारलाई १६ नम्बर वार्ड कालेबुङबाट युवाहरुको समर्थन

Ruden Sada

नयाँ सोच नयाँ विचारलाई १६ नम्बर वार्ड कालेबुङबाट युवाहरुको समर्थन

कालेबुङ नगरपालिकाको वार्ड नम्बर १६ डेन्डुप गाउँबाट ७जना युवाहरूले गोजमुमो बिनय समूहमा सामेल भएका छन् । नयाँ सोँच,नयाँ विचारलाई समर्थन जनाउँदै उक्त युवाहरूले आज गोजमुमो केन्द्रीय समिति सदस्य तथा ४२ नम्बर समष्टि अध्यक्ष रुदेन लेप्चाको हातबाट दलीय झण्डा ग्रहण गरे।

गोजमुमो बिनय समूहले पहाडमा शान्ति स्थापना,जातीय हित र विकासको निम्ति धेरै कार्य गरेको कारण आफूहरू गोजमुमो बिनय समूहमा सामेल भएको युवाहरूले बताए।

“जब सम्म हाम्रो पहाड लक्ष्यमा पुग्दैन तब सम्म “जनताको हितमा शिक्षक पथमा” नारालाई जीवित राखिदिनुस्।” – अनित थापा

“जब सम्म हाम्रो पहाड लक्ष्यमा पुग्दैन तब सम्म “जनताको हितमा शिक्षक पथमा” नारालाई जीवित राखिदिनुस्।” – अनित थापा

संयुक्त माध्यामिक शिक्षक कल्याण समितिको आयोजनमा दार्जीलिङ मोटर स्ट्याण्ड मा आयोजित जनसभामा, मेरो भाषणको मुख्य अंश:

२०१७ देखि सुरु गरेको परिवर्तन अभियान मैले खरसाङ को शिक्षित जमातको परामर्श लिएर नै गरेको थिए। उहाँहरुको सल्लाह लिएर नै म अनि विनय दाज्यू कोलकाता गएका थियौ। त्यो परिवर्तन अभियान आज पनि जारी छ।

पहाडमा शिक्षाको क्रान्ति ल्याउनु छ। तर अझ पनि धेरैको मनमा गोरखाल्याण्ड नै गाडेको रहेछ। मैले बारम्बार भनेको छु, गोर्खाल्याण्ड सी के श्रेष्ठ, महेन्द्र पि लामा जस्ता व्यक्तिहरूको नेतृत्वमा हुनुपर्छ।

मेरो अहिलेको चिन्ताको बिषय हो शिक्षा व्यवस्थालाई ठीक पार्नु। पहाडको व्यवस्था चारै तिर बाट घोचेर घायल भएको अवस्थामा छ। पहाडलाई अघि लैजानु हो भने शिक्षामा क्रान्ति ल्याउनुपर्छ।

तपाईंहरू हाम्रो मार्गदर्शक भएर हामी संग हिडी दिनु भयो भने हामी सफलता प्राप्त गर्नेछौ। जी टी ए को सिस्टम अनुसार शिक्षकहरुले काम पाएको होइन तर कानुनी लडाई लडेर पाएका हुन। पढेर पनि शिक्षित जमात कामको निम्ति लिडर को ढोका ढकढकाउन जानु पर्छ। आफ्नै मान्छेले आफ्नै मान्छेलाई शोषण गरेर आएको अवस्था छ पहाडको।

गोर्खाल्याण्ड मात्र भनेर दार्जीलिङको समस्या समाधान हुँदैन। अनित थापाले एम एल ए चुनाव लडने छैन। हिजो, आज अनि भोली पनि म राज्य सरकार संग मिलेर नै काम गर्नेछु, पहाडको नानीहरुको हितको निम्ति अनि पहाडको समृद्धिको निम्ति। आजको दिनमा पुलिस प्रसाशन पनि हामी सित खुशी छन।

शिक्षाको विकाशको निम्ति जी टी एमा regional SSC लागू हुनु पर्छ, हेडमास्टर कोर्ट बाट नियुक्ति होइन सिस्टम बाट नियुक्त भएको हुनुपर्छ। यही मुद्दा विषय म काम गर्दैछु।

म घडेरी खन्दै हिड्दैछु तर यो घडेरीमा के कस्तो घर बनाउनु पर्छ तपाईहरुको पनि जिम्मावरी हो।

शिक्षित जमात पहाडको मार्गदर्शक हुन। ‘जनताको हितमा शिक्षक पथमा’ को नारा फ्लेक्समा मात्र सीमित नभएर परिवर्तनको यात्रालाई गन्तव्य सम्म पुर्याउने मन्त्र बनोस।

जब सम्म हाम्रो पहाड लक्ष्यमा पुग्दैन तब सम्म “जनताको हितमा शिक्षक पथमा” नारालाई जीवित राखिदिनुस्।

शिक्षालाई अघि राखेर हामी काम गर्दैछौ। जी टी ए क्षेत्रमा आई ए एस, आई पी एस, एस पी, हाम्रो गोर्खा हुनु पर्छ भन्ने हाम्रो सोच छ। यसैले गोर्खाको चिन्हारी अनि परिचय दिन्छ। हाम्रो चिफ सेक्रेटरी हाम्रो गोर्खा नै होस। कालिम्पोङ दार्जीलिङको डि एम हाम्रै गोर्खा होस।

अनित थापा

अध्यक्ष
जी टी ए

अनित थापा

“जब सम्म हाम्रो पहाड लक्ष्यमा पुग्दैन तब सम्म “जनताको हितमा शिक्षक पथमा” नारालाई जीवित राखिदिनुस्।” – अनित थापा

“जब सम्म हाम्रो पहाड लक्ष्यमा पुग्दैन तब सम्म “जनताको हितमा शिक्षक पथमा” नारालाई जीवित राखिदिनुस्।” – अनित थापा

संयुक्त माध्यामिक शिक्षक कल्याण समितिको आयोजनमा दार्जीलिङ मोटर स्ट्याण्ड मा आयोजित जनसभामा, मेरो भाषणको मुख्य अंश:

२०१७ देखि सुरु गरेको परिवर्तन अभियान मैले खरसाङ को शिक्षित जमातको परामर्श लिएर नै गरेको थिए। उहाँहरुको सल्लाह लिएर नै म अनि विनय दाज्यू कोलकाता गएका थियौ। त्यो परिवर्तन अभियान आज पनि जारी छ।

पहाडमा शिक्षाको क्रान्ति ल्याउनु छ। तर अझ पनि धेरैको मनमा गोरखाल्याण्ड नै गाडेको रहेछ। मैले बारम्बार भनेको छु, गोर्खाल्याण्ड सी के श्रेष्ठ, महेन्द्र पि लामा जस्ता व्यक्तिहरूको नेतृत्वमा हुनुपर्छ।

मेरो अहिलेको चिन्ताको बिषय हो शिक्षा व्यवस्थालाई ठीक पार्नु। पहाडको व्यवस्था चारै तिर बाट घोचेर घायल भएको अवस्थामा छ। पहाडलाई अघि लैजानु हो भने शिक्षामा क्रान्ति ल्याउनुपर्छ।

तपाईंहरू हाम्रो मार्गदर्शक भएर हामी संग हिडी दिनु भयो भने हामी सफलता प्राप्त गर्नेछौ। जी टी ए को सिस्टम अनुसार शिक्षकहरुले काम पाएको होइन तर कानुनी लडाई लडेर पाएका हुन। पढेर पनि शिक्षित जमात कामको निम्ति लिडर को ढोका ढकढकाउन जानु पर्छ। आफ्नै मान्छेले आफ्नै मान्छेलाई शोषण गरेर आएको अवस्था छ पहाडको।

गोर्खाल्याण्ड मात्र भनेर दार्जीलिङको समस्या समाधान हुँदैन। अनित थापाले एम एल ए चुनाव लडने छैन। हिजो, आज अनि भोली पनि म राज्य सरकार संग मिलेर नै काम गर्नेछु, पहाडको नानीहरुको हितको निम्ति अनि पहाडको समृद्धिको निम्ति। आजको दिनमा पुलिस प्रसाशन पनि हामी सित खुशी छन।

शिक्षाको विकाशको निम्ति जी टी एमा regional SSC लागू हुनु पर्छ, हेडमास्टर कोर्ट बाट नियुक्ति होइन सिस्टम बाट नियुक्त भएको हुनुपर्छ। यही मुद्दा विषय म काम गर्दैछु।

म घडेरी खन्दै हिड्दैछु तर यो घडेरीमा के कस्तो घर बनाउनु पर्छ तपाईहरुको पनि जिम्मावरी हो।

शिक्षित जमात पहाडको मार्गदर्शक हुन। ‘जनताको हितमा शिक्षक पथमा’ को नारा फ्लेक्समा मात्र सीमित नभएर परिवर्तनको यात्रालाई गन्तव्य सम्म पुर्याउने मन्त्र बनोस।

जब सम्म हाम्रो पहाड लक्ष्यमा पुग्दैन तब सम्म “जनताको हितमा शिक्षक पथमा” नारालाई जीवित राखिदिनुस्।

शिक्षालाई अघि राखेर हामी काम गर्दैछौ। जी टी ए क्षेत्रमा आई ए एस, आई पी एस, एस पी, हाम्रो गोर्खा हुनु पर्छ भन्ने हाम्रो सोच छ। यसैले गोर्खाको चिन्हारी अनि परिचय दिन्छ। हाम्रो चिफ सेक्रेटरी हाम्रो गोर्खा नै होस। कालिम्पोङ दार्जीलिङको डि एम हाम्रै गोर्खा होस।

अनित थापा

अध्यक्ष
जी टी ए

गोजमुमो ३६ नम्बर समष्टि युवा मोर्चा पुनर्गठन ।

गोजमुमो ३६ नम्बर समष्टि युवा मोर्चा पुनर्गठन ।

गोर्खा जनमुक्ति युवा मोर्चा ३६ नम्बर समष्टिको समष्टि समिति आज गठन गरिएको छ। समष्टिको पुरानो समितिले सही तरीकाले साङ्गठनिक रूपमा कार्य गर्न नसकेपछि उक्त समितिलाई विघटन गरिएको थियो भने ३६ नम्बर समष्टि अन्तर्गत विभिन्न क्षेत्र,गाउँहरूका युवाहरूको परामर्श अनुसार नयाँ समिति गठन गरिएको गोजयुमो कालेबुङ जिल्ला समिति महासचिव अमीर बस्नेतले बताए।

आज गठन गरिएको गोजयुमो ३६ नम्बर समष्टिको अध्यक्षको रूपमा सोनाम भोटियालाई चयन गरिएको छ भने उपाध्यक्ष छेसाङ तामाङलाई चयन गरिएको छ। उपाध्यक्ष पदमा अन्य एकजनालाई पछिबाट फेरि चयन गरिने छ।

यसरी नै महासचिवको रूपमा अनिल भूजेल,सहसचिवद्वय मिलन तामाङ अनि प्रितम मिजार,साङ्गठनिक सचिव सरोज राई,सल्लाहकारहरूमा जिप्सन लेप्चा अनि सागर राईलाई चयन गरिएको छ। नवगठित समितिमा कार्यकारिणी  सदस्यहरूको रूपमा दिव्यराज छेत्री,सुनील छेत्री,सुरज भूजेल अनि सागर राईलाई चयन गरिएको छ। यसबारे विस्तृत जानकारी गराउँदै गोजयुमो कालेबुङ जिल्ला समिति महासचिव अमीर बस्नेतले आज गठन गरिएको समितिले चाँडै नै समष्टि अन्तर्गतका विभिन्न क्षेत्रहरू डुग्रा,पुदुङ,रौसे,सिडफार्म आदि लगायत नगरपालिकाका विभिन्न वार्डहरूबाट पनि कार्यकारी सदस्यहरूलाई सामेल गरि पूर्ण समिति गठन गरिने तय भएको जनाए।

राजनैतिक रूपमा युवाहरू पीडित रहेको तथा युवाहरूले विभिन्न समस्याहरू भोग्नु परिरहेको कारण समष्टिको युवाहरूको पक्षमा रहेर आज गठन गरिएको गोजयुमो ३६ नम्बर समष्टि समितिले कार्य गर्ने पनि तिनले थप बताए।

GJM 36 number

Game of perception in politics by Jyoti Mukhia

Continue reading